कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुग्यो, ७५ हजार ८०४ जना संक्रमणमुक्त

आज थपिए २ हजार ७१ जना संक्रमित, १ हजार ५५२ जना संक्रमणमुक्त

असोज, २५ काठमाडौं । पछिल्लो विवरण अनुसार थप २ हजार ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएका हुन् ।

काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७०.३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३१ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार ६६६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६४९ जना छन् । तिमध्ये ३२९ जना संक्रमितको आईसियु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६१३ जना रहेका छन् ।