उपत्यकामा १ हजार ४१६ जना संक्रमित थपिए

असोज, २५ काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकाका तीन वटा जिल्लामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाए अनुसार काठमाडौंमा १ हजार १४५ जनामा, ललितपुरमा १६१ जनामा र भक्तपुरमा ११० जनामा कोरोना सङ्क्रमण देखिएको हो।