काठमाडौं, जेठ २२ । सरकारले कोरोना महामारी जारी रहँदा स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेको छ । महानिर्देशक महेन्द्र श्रेष्ठलाई हटाएर डा. दीपेन्द्ररमण सिंहलाई नयाँ महानिर्देशक बनाएको छ ।
स्वास्थ्य सेवाअन्तर्गत प्रमुख विशेषज्ञ (१२औं तह)का तीनजनामध्ये डा. सिंहलाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।
केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालाको सरुवा भैसकेको छ । यस्तै, आपूर्ति महाशाखा विभागका प्रमुख डा. भोगेन्द्रराज डोटेलको पनि सरुवा भएको छ । डोटेलको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा रमेश खरेललाई लगिएको छ ।
पछि १२औं तह बनेपछि पनि श्रेष्ठको पदस्थापन विभागमै भएको थियो ।







