संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो

काठमाडौं- संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट १८ मा झारिएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्री र तीन राज्य मन्त्री रहने व्यवस्था थियो

तर बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले कार्यविभाजन नियमावलीमार्फत् मन्त्रालयको संख्या १८ मा झारेको हो ।

बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जसअनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने छन्।