काठमाडौँ – बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ ।
यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ ।
अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन सर्किट ब्रेक लागेर स्थगित हुँदा पूरा कारोबार हुन सकेको थिएन ।
आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ ।







