भन्सार छली ल्याएका कपडा बरामद

असोज २६, चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार वराबरको अवैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ख ३४० नम्बरको ट्रकमा भन्सार छलि गरी ल्याएको नौ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो । भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिइएको हो ।

ती सामान सामान र ट्रकका साथै ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिकाका ३७ वर्षिय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आबश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको थापाले जानकारी दिए । (रासस)