नदी किनारबाट विस्थापित परिवारलाई २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित हुने परिवारलाई पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित प्रत्येक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारका अनुसार नदी किनार क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरेपछि पुनर्स्थापनाका लागि उक्त रकम प्रदान गरिनेछ ।