ईशान र दीपेन्द्रको दमदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो। नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए।

डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।