काठमडौं, २६ असोज । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।
उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिनुभयो ।







