असोज, २६ काठमाडौं । नेकपाका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त भएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनको कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रदेश सभाको सचेतकबाट हटाएका हुन् ।
त्यससँगै मुख्यमन्त्री शाहीले आज नै प्रमुख सचेतकको जिम्मेवारी सिता कुमारी नेपालीलाइ दिएका छन् ।
आइतवार शाह समक्ष १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
शाहले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घन्टापछि नै छलफलको लागि संसदीय दलको बैठकसमेत बोलाएका थिए ।








