सांसद शेर्पाद्वारा संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान ५:४० मा सगरमाथाको आरोहण गरेको जनाइएको छ ।

सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग पुर्‍याउनुहुने सभामुख डोलप्रसाद अर्यालसहित सबैमा आभार व्यक्त गरेका छन् ।