हात्तीको छावा मृत फेला

काठमाडौँ। वराहक्षेत्र नगरपालिका-२ स्थित बिसआरडीस्थित गहने खोलामा जंगली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

गए राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।