रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं– सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि ३२ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।

नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौँ रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विगतका सरकारले जस्तै वर्तमान सरकारले पनि रासायनिक मलको उद्योग स्वदेशमा नै खोल्ने विषयमा अध्ययन गर्ने नीति लिएको छ ।