अछाममा जिप दुर्घटना, दुई जनाको मृत्यु, ३ घाईते

जिप दुर्घटनामा परि अछाममा दुई जनाको मृत्यु भएको छ । हिजो साँझदार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा हेटौडाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय रामप्रकाश थारु रहेका छन् । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य तीन जना घाइते छन् । घाइते हुनेमा जीप चालक बाँकेका २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता,सिराहको कल्याणपुरका सन्तकुमार शाह र स्याङ्जा फेदीखोलाका अर्जुनकुमार पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक केशव खड्काले जानकारी दिएका छन् ।

उनीहरुमध्ये गुप्ता र शाहको अवस्था गम्भीर रहेको छ । उनीहरुको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।