काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन गेम्स छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पाँच विकेटले पराजित भएको नेपाल छनोटबाटै बाहिरिएको हो । वर्षाले अवरुद्ध भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो ।
वर्षाका कारण डिएलएस पद्धतिबाट चीनले सात ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य चीनले सात ओभरमा पाँच विकेट गुमाएर ४५ रन बनाउँदै पूरा गरेको हो ।
सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा चीनसँग पराजित भएसँगै प्रतियोगिताको छनोटबाटै बाहिरिएको हो ।
नेपाललाई हराएको चीनसँगै फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड एसियन गेम्समा छनोट भएका छन्।
एसियन गेम्स छनोटमा पुरुष टिमले भने विजयी सुरुवात गरेको छ । चीनलाई पुरुष टिमले २२१ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।







