काठमाडौं, जेठ २२ । गृह मन्त्रालयले तरकारी तथा फलफूल लगायतका आवश्यक वस्तुहरुको बिक्रीमा कुनै पनि प्रकारको अवरोध भएमा त्यस्तो कार्य गर्ने जोकोहीलाई पनि कारबाही गरिने जनाएको छ।
नेपाल सरकारले तरकारी तथा फलफूललाई अत्यावश्यक खाद्यवस्तुको रूपमा लिई यसको निर्वाध रुपमा ढुवानी गर्ने व्यवस्था मिलाइएको भएता पनि पछिल्लो समय विभिन्न स्थानमा तरकारी तथा फलफूलको ढुवानीमा रोक लगाउने तथा नष्ट गर्ने क्रम बढेपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।







