काठमाडौं, जेठ २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा अनुरुप राज्य कोषमा जम्मा गर्ने प्रक्रिया अगाडी बढाएका छन् ।
संसद सचिवालयलाई एक पत्र लेख्दै नेता श्रेष्ठले आफ्नो एक वर्षको तलब र भत्ता नेपाल सरकारको राज्य कोषमै जम्मा गर्न भनेका छन् । श्रेष्ठले यस अघि राष्ट्रियसभाको बैठकमा अन्य सांसदहरुलाई समेत भत्ता वापतको रकम नलिने घोषणा गर्न अपिल गरेका थिए ।
उनले सुरक्षाकर्मीको टोलि र पछुवा भ्यान समेत फिर्ता गरिसकेका छन् ।








