सुन–चाँदीको मूल्यमा वृद्धि , प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ तय गरिएको छ ।