असोज, २८ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवारको तुलनामा मंगलवार प्रतितोला छापावाल सुन ५०० रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँ निर्धारण गरेको थियो ।







