‘फापरको रोटी’ को म्युजिक भिडियो बजारमा (भिडियोसहित)

असोज, २८ काठमाडौं । गायिका डा.रानी शाक्यको गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो बजारमा ल्याइएको छ ।

गीतमा गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा शर्माको अभिनय छ ।

बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।