एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।