काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपालको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। अब उनी मुलुकको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।







