असोज, २९ काठमाडौं । नवनियुक्त मन्त्रिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् .
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिहरुको नियुक्ती साथै हेरफेर गरेकी हुन् ।
जस अनुसार रिक्त रहेको अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ र सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरिएको थियो ।







