काठमाडौं, जेठ २३ : कोरोना संक्रमितको परीक्षण ढिलासुस्ती भैरहेको बेला सरकार आफ्नै स्वामित्वमा भएका पीसीआर मेसिन जडित प्रयोगशालाहरुलाई प्रयोगमा नल्याइ निजी प्रयोगशालाहरुलाई सो कार्य दिन अग्रसर भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्बजनिक सुचना जारी गर्दै इछुक निजी क्षेत्रमा सन्चालित प्रयोगशालालाई आफ्नो क्षमता खुलाई निबेदन आब्वहान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बायो टेक्नोलोजी ल्याब, फरेन्सिक ल्याब खुमलटार, आनन्दवन अस्पताल, बिऊ बिजन गुणस्तर तथा नियन्त्रण कार्यालय , केन्द्रिय भेटेरीनरी प्रयोगशाला र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा रियल टाइम पीसीआर जडित प्रयोगशालाहरु हालसम्म पनि प्रयोगमा ल्याएको छैन ।
बिहीबारसम्म सरकारले ८४ हजार १ सय ३४ जनाको मात्र पीसीआरबाट परीक्षण गरेको छ। बिहीबार मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
त्यस्तै, सरकारले ओम्नी समूहसँग खरिद गरेका ५ वटा पोर्टेबल पीसीआर मेसिन बिग्रिएर कामै नगर्ने भएको छ।
हाल काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देश भरी जम्मा २० वटा प्रयोगशालाहरुमा परीक्षण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग छलफल पनि गरेका थिए। छलफलमा सहभागी डा समीरमणि दीक्षितले तत्काल परीक्षणको दायरा बढाउन निजी क्षेत्रमा सन्चालित प्रयोगशालालाई पनि सामेल गर्नुपर्ने सुझाव दिएका थिए ।








