गणेश नेपाली आत्मदाह प्रकरण: डिआइजी थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले आज प्रतिनिधि सभामा बोल्दै घटनाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । साथै, छानबिन र सोधपुछका क्रममा तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको गृहमन्त्री गुरुङले जानकारी दिए ।