कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौँ – अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन् । अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ ।

बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा गरिरहेका छन् ।

विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ ।

741906459_1531512098722580_5464612947273208918_n-1783768106.jpg