प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुने जनाइएको छ । साथै, संसद्को बजेट अधिवेशन अन्त्य गर्ने विषयमा समेत छलफल गरी आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।