काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठकपछि अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा तीनवटा निकायका वार्षिक प्रतिवेदन पेस गरिएको थियो । बैठकलाई सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आफ्नो धारणा राखेका थिए ।






