असोज, २९ काठमाडौं । मन्त्रीमण्डल हेरफेर भएपछि आज पहिलो पटक मन्त्रीपरिषद्को बैठक बस्दै छ । स्रोतका अनुसार साझ ५ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको विभिन्न मन्त्रालयमा मन्त्रिहरु नियुक्त गरेका छन् । जनअनुसार विष्णु पौडेललाई अर्थमन्त्रालय, शहरी विकास मन्त्री सांसद कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा सामाजिक विकास मन्त्रालयमा लीला श्रेष्ठलाई नियुक्त गरिएको छ । भने तत्कालिन महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै रक्षा मन्त्रलाय आफू मातहतमा राखी प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी दिएका छन् ।
बुधवार मन्त्रिमण्डल पुनर्गठन पश्चात नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन् ।







