आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कारोबार कति ?

 काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ। घटेको मूल्यसँगै आज सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।