काठमाडौं, जेठ २३ : कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको सरकारले उद्धार गर्ने क्रममा पहिलो चरणमा अहिले म्यानमारबाट सैनिक जहाजमा २६ जना नेपाली सहित म्यानमार ऐयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरिसकेको छ ।
उनिहरुलाई सेनाले तयार पारेको बिभिन्न होल्डिङ सेन्टरमा लगिने कर्णेल उत्तम सापकोटाले बताए ।







