सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु पाँच हजार ४०० ले वृद्धि भएको हो भने चाँदीको मूल्य रु ११० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९१ हजार कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४८० निर्धारण गरिएको छ ।

यसअघि हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार ६०० र चाँदी प्रतितोला रु चार हजार ३७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार १३९ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।