दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना मृत फेला

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका–१५ सल्यानका स्थायी बासिन्दा भई हाल दाङमा बसोबास गर्दै आएका ३५ वर्षीय घनश्याम गिरी र ३६ वर्षीय कमल गिरी रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ट्यांकीभित्र अक्सिजनको कमी भएपछि उनीहरूको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण अझै खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।