व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए । सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।