काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ कायम रहेको थियो।







