पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ।

महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिए।

उनका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा बढी वर्षा जाजरकोटमा पाँच दशमलव ६ मिलिमिटर मापन भएको छ।

यस अवधिमा काठमाडौं, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ।