काठमाडौं । वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले उनलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीलाई नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध साइबर कसुरसम्बन्धी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप गरिएको छ ।
केसीमाथि सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध भ्रामक तथा अफवाहपूर्ण सामग्री फैलाएको आरोप लागेको छ ।






