प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौं  । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइसकिएको बताएका छन्।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जैसवालले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन्। तर, भ्रमण कहिले हुने वा निमन्त्रणा कहिलेदेखिको लागि दिइएको हो भन्नेबारे उनले खुलाएनन्।

पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्न उठाइएको थियो।

जवाफमा प्रवक्ता जैसवालले भने, “पहिलो प्रश्नबारे म जानकार छैन। नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका लागि निमन्त्रणा दिइसकिएको छ।”