शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्ने आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले सुनुवाइपछि गोल्छाविरुद्ध लगाइएका दुई फरक कसुरमा छुट्टाछुट्टै धरौटी तोकेको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाका अनुसार बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको छ। दुवै धरौटी बुझाएपछि गोल्छा रिहा हुनेछन्।