९ वटा विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयक संसद्मा दर्ता तथा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

सरकारले स्वीकृति दिएका विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त तथा सुविधासम्बन्धी ऐन, २०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने विधेयक, संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलाप ऐन, २०६८ संशोधन विधेयक तथा निजामती कर्मचारीसम्बन्धी ऐन, २०१९ संशोधन विधेयक रहेका छन्।

मन्त्रिपरिषद्को निर्णयसँगै यी विधेयक अब आवश्यक संसदीय प्रक्रियाका लागि संघीय संसद्मा पेश गरिनेछ।

काठमाडौं – सरकारले ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।