काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकबाट पारित ११ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार बसेको बैठकका निर्णयहरू पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।
बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
रास्वपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्ने निर्णय गरेको छ। लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमजोरीहरूको आत्मसमीक्षा गर्दै अनुभवका आधारमा पार्टीलाई थप सशक्त बनाउन महाधिवेशनको सम्पूर्ण प्रक्रियाको विस्तृत अध्ययन गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी मात्रै रहने गरी पार्टी सचिवालय गठन गरिएको छ। सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहनेछन्।
बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूको कार्यसम्पादनलाई थप जनमुखी, प्रभावकारी र उत्तरदायी बनाउन प्रत्येक महिनामा कम्तीमा एक दिन केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा पार्टी कार्यालयमै अनिवार्य समन्वय बैठक गर्ने निर्णय गरिएको छ।
अन्य निर्णयहरू यस प्रकार छन् :









