कात्तिक १, वीरगञ्ज ।
पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो ।
अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।







