काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेको छ। आजको गिरावटसँगै नेप्से २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो।
आज ३४४ कम्पनीका १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। दिनभर भएको कारोबारबाट ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बढ्ने कम्पनीतर्फ सर्वोत्तम पेन्ट्स अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १३.८६ प्रतिशतले वृद्धि भएको छ। राप्ती हाइड्रो र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पनि आज नाफा कमाएका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यस्तै, सोलु हाइड्रोपावरको २४ करोड ५३ लाख, रुरु जलविद्युत परियोजनाको १८ करोड ६७ लाख, साहस ऊर्जाको १८ करोड ४१ लाख र तामाकोशी हाइड्रोको १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।







