नेपालमा कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ सङ्क्रमित: मृतकको सङ्ख्या ११

काठमाडौं, जेठ २३ : कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको बताए ।

उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ ।

आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।