काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणको ट्रफी आइतबार पाटन दरबार स्क्वायरमा सार्वजनिक गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमबीच लिगको ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफीलाई पाटनपछि काठमाडौं र भक्तपुरमा समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । पहिलो संस्करणको नेपाल भलिबल लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।






