नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई पराजित गर्दै ढाँटले फाइनलमा स्थान बनाएका हुन् ।

तीन राउन्डको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन् । तीनमध्ये दुई जना जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने एक जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए ।

अब ढाँटले उपाधिका लागि र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

फाइनलमा विजयी भए ढाँटले युएफसीमा छनोट हुने अवसर प्राप्त गर्नेछन् ।