घट्यो सुनको मूल्य

कात्तिक, २ काठमाडौं । आज नेपाली बजारमा छापावाला सनको मूल्यमा घटेको छ । आज सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवारको तुलनामा सुनको मूल्यमा २ सय रुपैयाँ कमि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

आइतवार तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्दै ९४ हजार २ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।