एसीसी प्रिमियर कपः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए। यी दुईबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। ईशान पाण्डे १, कप्तान रोहित पौडेल ३, गुलशन झा ७, करण केसी ५ र सन्दीप लामिछाने ३ रनमा आउट भए।

ओमानका लागि जय विरम ओडेडारा र हस्नइन शाहले समान ३–३ विकेट लिए। मुहम्मद इमरानले २ विकेट हात पारे भने मुजीबुर अलि र शकिल अहमदले १–१ विकेट लिए।

अब ओमानले जितका लागि १४८ रन बनाउनुपर्नेछ।