कात्तिक, ३ काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरीको स्वर तथा संगीत रहेको गीत ‘झल्को आउँदैन’ सार्वजनिक गरेको छ । शान्तिश्री परियारको समेत स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् ।
गीतको भिडियोमा गायक सेन्चुरी र सगुन शाहीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशन, दिपक गिरीको छायाँकन रहेको गीतमा शिव पौडेलको सम्पादन छ ।







