कात्तिक, ३ काठमाडौं । लोकसेवा आयोगले तयारी गरिरहेको सम्पुर्ण परीक्षा स्थगित गरेको छ ।
कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरीएको आयोगले जनाएको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।








